काठमाडौँ । तनहुँमा ट्रक दुर्घटना भएको छ । दमौली–आँबुखैरेनी खण्डको आँधिखोला भन्ने स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा बन्दिपुर गाउँपालिका वडा नं १ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
खाँणका अनुसार दुर्घटनामा परी घाइते भएकाहरू उपचारका लागि भरतपुर लैजाने क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु हुने पुगेको हो ।
दुर्घटना परी वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८का समिर भुजेल र वर्षका सन्तोष भुजेल रहेका छन् ।
घाइतेहरूलाई तत्काल उपचारका लागि तत्काल आँबुखैरेनी स्थित अस्पतालमा लगिएको भएपनि थप उपचार भरतपुर लगिएको थियो । थप उपचारका लागि ५ जनाको अवस्था गम्भीर रहेको बुझिएको छ ।
दुर्घटना स्थलको अवस्था अत्यन्त तनावग्रस्त रहेको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।