• सोमबार, साउन १८ २०८३

गोरखामा प्रेस स्वतन्त्रता र व्यवसायीक नैतिकताको मुद्दाका बिषयमा छलफल


बुधबार, बैशाख २० २०८०
795
Shares

गोरखा । गोरखामा प्रेस स्वतन्त्रता र व्यवसायीक नैतिकताको मुद्दाका बिषयमा छलफल भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवशका अवसरमा मानवअधिकार तथा शान्ति समाज गोरखाले कार्यक्रमको आयोजना गरेको हो ।

शान्ति समाज गोरखा शाखाका सभापति गोमा दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय सचिव सिताराम तिवारीले समाजको अवधारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समाजका पूर्व सभापति यदु अधिकारी, शान्ति समाजका सदस्य जनुका अधिकारी, शरद बाबू श्रेष्ठ, काशिनाथ अंगाई, पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, पत्रकार नरेन्द्र ढकाल, शिव उप्रेती, हरिराम उप्रेती लगायतका वक्ताहरुले प्रेस स्वतन्त्रता र व्यवसायीक नैतिकताको सवालमा आ आफ्नो धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार