• शनिबार, साउन ९ २०८३

शिक्षा अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा


बुधबार, बैशाख २० २०८०
1K
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलले भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अधिकृत पौडेललाई अख्तियारको टोलीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको अवस्थामा यसअघि नै पक्राउ गरेको थियो ।अख्तियारका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरेबापत सेवाग्राहीसँग एक लाख रकम घुस लिएको पुष्टि भएको दाबी गरेको छ ।

पौडेलविरुद्ध आयोगले दायर गरेको रिटमा बिगो एक लाख रुपैयाँ कायम गर्दै कैद सजायको माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार