• शनिबार, साउन ९ २०८३

शरणार्थी बनाई अमेरिका पठाउने धन्दा: टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी


बुधबार, बैशाख २० २०८०
1K
Shares

काठमाडौँ । तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

शरणार्थी बनाई अमेरिका पठाउने भन्दै रकम असुली धन्दामा साँठगाँठ देखिएपछि काठमाडौँ जिल्ला अदालतबाट रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

बुधबार काठमाडौँ प्रहरीले नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका बाबु छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीका अनुसार गत जिल्ला अदालत काठमाडौँबाट सो पक्राउ पुर्जी जारी गर्ने अनुमति पाएको हो ।

बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।

एकै समयमा पक्राउ पूर्जी जारी भएका उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव (तत्कालिन गृहसचिव) टेकनारायण पाण्डेलाई भने आज प्रहरी परिसरले नियन्त्रणमा लिइसकेको छ ।

यसअघि पक्राउ परको तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई मंगलबार पक्राउ परिसकेका छन् । उक्त घटनामा उनका छोरा निरजको समेत संलग्नता रहेको खुलेको छ । यस्तै तत्कालिन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक पनि जोडिएका बताइएको छ ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै झण्डै ९०० नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग उनीहरुको साँठगाँठ खुलेपछि प्रहरीले अनुसन्धानलाइ तिब्रता दिएको छ । गिरोहका सदस्यले रायमाझीका छोरा सन्दीपका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।

उक्त घटनामा यसअघि केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ पक्राउ परिसकेका छन् । उनीहरुको बयानका आधारमा घटनामा राजनीतिक उच्च नेतृत्व र सरकारी अधिकारीहरु रहेको खुलेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार