• आइतबार, साउन १० २०८३

अनुमती नलिई चलेका एम्बुलेन्सलाई कारबाही गर्ने तयारीमा स्वास्थ्य मन्त्रालय


बुधबार, बैशाख २० २०८०
1.3K
Shares

काठमाडौँ । अनुमती नलिई सञ्चालनमा रहेका देशभरका एम्बुलेन्सलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गर्ने भएको छ ।

आज बुधबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै अनुमती नलिई वा म्याद सकिएर नविकरण नगरी सञ्चालनमा रहेका एम्बुलेन्सलाई कानूनी प्रकृया नआए कारबाही गर्ने चेतावनी दिएको हो ।

दर्ता तथा नविकरण नभए सञ्चालनमा रहेका एम्बुलेन्सलाई मन्त्रालयले ३५ दिनभित्र कानूनी प्रकृयामा आउन आग्रह गरेको हो ।

सो समयसिमाभित्र दर्ता वा नविकरण प्रकृयामा नआउने एम्बुलेन्सलाई जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ५३ बमोजिम कारबाही गर्ने समेत स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा ७ मा एम्बुलेन्स सञ्चालन अनुमति तथा दफा ९ मा हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ।

त्यस्तै मन्त्रालयले देशभरका एम्बुलेन्सलाई एकद्धार प्रणालीबाट सञ्चालन गर्न प्रकृया अघि बढाएको समेत जानकारी दिएको छ ।

देशभर १०२ नम्बर अंकको टेलिफोनबाट एम्बुलेन्स प्राप्त गर्ने ब्यवस्था भएको र हाल देशभरका एम्बुलेन्स सबैको पहुँचमा पुग्ने गरी सफ्टवेयरमा विवरणहरु अपडेट गर्ने कार्य भइरहेकाले ३५ दिनभित्र कानूनी दायरामा आउन मन्त्रालयले देशभरका एम्बुलेन्सलाई आग्रह गरेको जनाएको छ ।

हेर्नुस सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार