काठमाडाैँ । सामाजिक सुरक्षा कोषमा एक महिनामै ७२ हजार जनाभन्दा बढी वैदेशिक राेजगारीमा गएका नेपाली श्रमिक जाेडिएका छन् ।
सरकारले चैत ८ गतेदेखि सुरु गरेकाे यस कार्यक्रममा एक महिनाकाे अवधीमै ७२ हजार ३२३ जना नेपाली श्रमिक जाेडिएकाे सामाजिक सुरक्षा काेषले जनाएकाे छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोइन चैत ८ गतेदेखि सरकारले अभियान थालेकाे थियाे । प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमकावीच साे अभियानकाे उद्घाटन गरेका थिए ।
सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले वैशाख १७ सम्म वैदेशिक रोजगारीमा जाने बा गएका ७२ हजार ३९६ जना योजनामा आबद्ध भएको जानकारी दिए ।
काेषमा ११ कराेड रुपैया जम्मा
सो अवधिका विदेश जानेबाट कोषमा लगभग ११ करोड रुपियाँ जम्मा भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एवं सामाजिक सुरक्षा कोषका बोर्ड अध्यक्ष एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएका, जाने तयारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाना उत्साहजनक सहभागिता भएको बताए।
कोषमा सूचीकरण भएकामध्ये अधिकांश बैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिन आवेदन दिएका श्रमिक छन्।