• आइतबार, साउन १० २०८३

भारतिय सिमा क्षेत्रमा रहेका नागरिकको उद्दारका लागि गोरखामा संयुक्त कोष बनाइने


आइतबार, जेष्ठ ११ २०७७
1K
Shares

गोरखा । भारतबाट आएर सिमावर्ती क्षेत्रका बिभिन्न क्वारेन्टिनमा बसेका आफ्ना नागरिकको उद्दारका लागि गोरखामा कोष स्थापना गरिने भएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले भारतबाट आएकाहरुलाई सिमावर्ती क्षेत्रबाट उद्दार गर्न गोरखाका ११ वटै स्थानीय तहको संयुक्त कोष स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय नम्बर ५ मा भनिएको छ ‘औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गरी नेपाल प्रवेश गरी भारतसंग जोडिएका सिमावर्ती जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका जिल्लावासीहरुको उद्धार गरी ल्याउन सवारी व्यवस्थापन लगायत विभिन्न प्रयोजनको लागि गोरखा नगरपालिकामा सम्पूर्ण स्थानीय तहहरुले हाललाई रु १ लाखका दरले रकम उपलब्ध गराउने गरी उद्धार कोष स्थापना गर्ने र सो मार्फत उद्धार र व्यवस्थापनमा लाग्ने खर्च व्यवस्थापन गर्ने निर्णय गरियो ।’

त्यस्तै हाल समेत २४ सै घण्टा बिभिन्न नाका प्रयोग गरी बाहिरी जिल्लाबाट गोरखा प्रवेश गर्नेको संख्या नरोकिएको र त्यसरी आउनेलाई २४ घण्टा मझुवा स्थित गोरखकाली रबर उद्योगमा निर्माण गरिएको क्वारेन्टिनमा राख्ने गरी ब्यवस्थापन गरिने बैठकले निर्णय गरेको छ ।

मझुवाको नाका प्रयोग गरी आउने नागरिकलाई बिहान १० बजेदेखि भोलीपल्ट १० बजेसम्म मझुवामा जम्मा गरी राख्ने र सो पश्चात सम्बन्धित पालिकामा पठाउने निर्णय भएको कार्यालयले जनाएको छ । सो को ब्यवस्थापन भने गोरखा नगरपालिकाले गर्ने बताइएको छ ।

त्यस्तै हाल जिल्लामा बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावस्यक ढुवानी गर्न खुला गरिएपनि बाहिरबाट खाध्यान्न, निर्माण लगायतका सामाग्री ल्याउदा समय नमिलेका कारण छिटो आइपुगेका सवारीलाई मझुवा देउरालीमा पार्किङ गर्ने ब्यवस्था मिलाइने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिए ।

यसैगरी बैठकको निर्णय नम्बर ६ मा भनिएको छ ‘लकडाउनको समयमा विक्री वितरण गर्न तयार भएका कुखुराहरु दिउसोँ समयमा लोडअनलोड गर्दा मर्न जाने गुनासो आइरहेको हुदाँ सोको व्यवस्थापन गर्न जिल्ला बाहिर निर्यात बेलुका ६ बजेदेखि बेलुका ९ बजेसम्म समयसिमा निर्धारण गर्ने निर्णय गरियो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार