• सोमबार, साउन १८ २०८३

पृथ्वी राजमार्गको धार्केमा पुल भासियो, यातायात ठप्प


सोमबार, बैशाख १८ २०८०
1K
Shares

धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोला माथिको मोटरेवल पुल भासिँदा यातायात पूर्णरुपमा ठप्प भएको छ।

दिउँसो केही समय परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको एकापट्टीको भाग भासिँदा सडक एकतर्फी रुपमा सञ्चालन भएकोमा अपरान्ह ४ बजेदेखि पुलमा धेरै नै क्षति हुँदा दुवैतर्फ यातायात पूर्णरुपमा ठप्प भएको हो।

भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो। यातायात ठप्प भएसँगै राजमार्गमा यात्रा गरिरहेका यात्रुहरुले सास्ती पाएका छन्।

भासिएको पुलमा ग्यावीन जाली हालेर बाटो खुलाउने भनिएको छ। तर तत्काल सडक खुल्ने अवस्था भने रहेको छैन। प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार