• आइतबार, साउन १० २०८३

पत्रकार अनिता श्रेष्ठलाई राष्ट्रिय हेल्थ अवार्ड


शनिबार, बैशाख १६ २०८०
1.1K
Shares

काठमाडौं । यस बर्षकाे स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट पत्रकार अनिता श्रेष्ठ सम्मानित भएकी छिन्। 

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लिले आफ्नो आठौँ वार्षिकोत्सवकको अवसरमा पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो। उनि हिमालखबरमा कार्यरत छिन् ।

श्रेष्ठसहित नेटवर्क प्रालिले २२ जना चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारलाई उक्त अवार्डबाट सम्मानित गरेको छ। कोशी प्रदेशबाट वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा राजेश नेपाल, मधेश प्रदेशबाट मुटु शल्य चिकित्सक डा महमद अफ्रोज अन्सारी र फिजिसियन डा राम प्रताप शाहलाई उक्त अवार्ड प्रदान गरिएको छ। 

उक्त अवार्ड पाउनेमा बागमती प्रदेशबाट अर्थोपेडिक सर्जन प्राडा सुरेश पाण्डे, क्यान्सर रोग विशेषज्ञ डा विश्वराम पौडेल, वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ति अनिल, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाह, बाल शल्य चिकित्सक विशेषज्ञ प्राडा रामनन्दन प्रसाद चौधरी र रेडियोलोजिस्ट डा आनन्द प्रसाद श्रेष्ठ छन्। 

गण्डकी प्रदेशबाट फिजिसियन डा सरोज पोखरेल, वरिष्ठ स्त्री, प्रसूति तथा निसन्तानपन रोग विशेषज्ञ प्राडा गिरधारी शर्मा पंगेनी, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा आनन्द भट्टराईलाई उक्त अवार्ड प्रदान गरिएको छ। लुम्बिनी प्रदेशबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डा सचिन ढुंगेल। कर्णाली प्रदेशबाट जनरल तथा इमरजेन्सी मेडिसिन विशेषज्ञ डा डम्बर खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ फिजिसियन तथा दमरोग विशेषज्ञ प्राडा सुभेस राज कायस्थलाई अवार्ड प्रदान गरिएको छ।

सात वटै प्रदेशबाट तीन जना स्वास्थ्यकर्मीहरुलाई पनि अवार्ड प्रदान गरिएको छ। राजेन्द्र प्रसाद खरेल, सन्तोष केसी र शंकर खराललाई उक्त अवार्ड प्रदान गरिएको हो। 

यस्तै, पत्रकारहरु बुद्धि बहादुर केसी, कमला गुरुङ र सुमन खत्रीलाई पनि हेल्थ अवार्डबाट सम्मानित गरिएको छ। स्वास्थ्य क्षेत्रमा योगदान दिएको भन्दै चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारलाई स्वास्थ्य दर्पणले सम्मान गरेको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार