• शनिबार, साउन ९ २०८३

विदेश जाने श्रमिकले निजी क्लिनिकमै स्वास्थ्य परिक्षण गराउनुपर्ने बाध्यात्मक ब्यवस्था हट्दै


शनिबार, बैशाख १६ २०८०
1.4K
Shares

काठमाडौं । सरकारले विदेश जाने श्रमिककाे स्वास्थ्य परिक्षण निजी क्लिनिकमै गराउनुपर्ने ब्यवस्थालाई परिवर्तन गर्ने भएकाे छ ।

श्रम मन्त्रालयमा सूचीकृत भएका निजी क्लिनिकबाट मात्रै विदेश जाने श्रमिककाे स्वास्थ्य परिक्षण गराउदा रिपाेर्टकाे वैधानिकता तथा गुणस्तरीयतामा प्रश्न उठ्न थालेपछि सरकारले यस्ताे ब्यवस्था हटाउदै नयाँ कानून बनाउन लागेकाे हाे ।

अब वैदेशिक रोजगारीमा जानेले नेपाल सरकारबाट स्वीकृत प्राप्त सबै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न सक्ने गरी नयाँ व्यवस्था आउन लागेकाे श्रम राेजगार तथा सामािजक सुरक्षा मन्त्रालयका एक कर्मचारीले सिभिलखबरलाई बताए ।

जसका लागि प्रकृया समेत अघि बढिसकेकाे ति कर्मचारीले बताए । राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकले यस्तो व्यवस्था २ महिना भित्र मिलाउन श्रम, रोजगार तथा समाज कल्याण मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यस्तो व्यवस्था गर्ने भएको छ । अहिले वैदेशिक रोजगारीमा जानुपूर्व गरिने स्वास्थ्य परीक्षण श्रम मन्त्रालयमा सूचीकृत भएका निजी क्लिनिकबाट हुँदै आएको छ ।

यसरी हुने स्वास्थ्य परीक्षणका दौरान गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको र वैदेशिक रोजगारीमा गएका कामदार कार्यस्थलमा हुने स्वास्थ्य परीक्षणमा कैफियत आई कामै नगरी फिर्ता आउनु पर्ने अवस्था भएको भन्दै सरकारले सबै अस्पतालबाट स्वास्थ्य परीक्षण हुने व्यवस्था गर्न लागेको हो ।

श्रम मन्त्रालयले यहि बैशाख ७ गते मात्रै २ सय १५ वटा निजी स्वास्थ्य क्लिनिकलाई विदेश जाने श्रमिककाे स्वास्थ्य परिक्षण गराउने अधिकारसहित नविकरण गरेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार