• शनिबार, साउन ९ २०८३

राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै, ११ प्रतिशत ब्याज


शनिबार, बैशाख १६ २०८०
1.1K
Shares

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न लागेको छ । अबको आइतबार देखि विक्री गर्न लागिएको वैदेशिक रोजगार बचतपत्रको ब्याजदर ११ प्रतिशत रहेको छ ।

विगतको भन्दा यो ब्याजदर ाघटी हो । राष्ट्र बैंकले बिक्री गर्न लागेको ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको बचतपत्र परिपक्व हुने अवधि ५ वर्षको रहेको छ ।

यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्ने व्यवस्था छ ।

बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिनुपर्नेछ । बचतपत्रका लागि आउँदो जेठ १७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

बचतपत्रमा ६, ६ महिनामा प्राप्त हुने ब्याज बचतपत्र खरिदकर्ता आफैँ वा इच्छाइएको व्यक्तिमार्फत् भुक्तानी लिन सक्नेछन् अनलाइनबाट पनि आवेदन दिन सकिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार