• शनिबार, साउन ९ २०८३

विद्यालयमा दलका भ्रातृ संगठनले गर्ने राजनीतिक गतिविधि नरोकिए विद्रोह हुन्छ: सांसद श्रेष्ठ


शुक्रबार, बैशाख १५ २०८०
1.2K
Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने चेतावनी दिएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनको हुने राजनीतिक गतिविधि नरोकिए विद्रोह गर्ने चेतावनी दिएका हुन् । 

काठमाडौं–८ बाट निर्वाचित सांसद श्रेष्ठले आफ्ना भ्रातृ संगठनलाई विद्यालय क्षेत्रमा गतिविधि नगर्न सुझाउन दलहरूलाई सुझाव दिए ।

कानुनविपरीत राजनीतिक दल र भ्रातृ संगठनका गतिविधिबारे आफूहरूको ध्यानाकर्षण भएको बताउँदै उनले विद्यालयमा हुने झण्डाहरूसहित राजनीतिक कार्यक्रम रोक्न खोज्दा अभद्र व्यवहार गरेको जानकारी गराए । 

विद्यार्थीहरूको भविष्यमा खेलवाड गर्न नपाइने भन्दै उनले माध्यामिक तहमा राजनीतिक दलका गतिविधि नरोकिए विद्रोह गर्ने राजनीतिक दललाई चेतावनी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार