• आइतबार, साउन १० २०८३

स्वास्थ्य क्षेत्रको विकासका लागि चीनसँग मिलेर काम गर्ने आकांक्षा छ– प्रधानमन्त्री दाहाल


शुक्रबार, बैशाख १५ २०८०
680
Shares

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांक्षा ब्यक्त गरेका छन् ।

आज बानेश्वरस्थित चीनले निर्माण गरेको सिभिल अस्पतालको नयाँ सर्किजल भवन र पुरानो भवनको पुनर्निर्माणसहितको हस्तान्तरण समारोहमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक–आर्थिक विकासमा ठूलो फड्को मारेको भन्दै विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांक्षा रहेको बताए ।

उनले भने, “दुई देशबीचको आर्थिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध अनादिकालदेखि नै छ । मित्रता, पारस्परिक सम्मान, समझदारी र एकअर्काको जायज चासो तथा संवेदनशीलताको कदरले असल छिमेकी सम्बन्धको आधार बनाउँछ ।”

उनले विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपालले जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको विस्तार गर्न, अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने बताए ।

उनले डाक्टरहरू र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सीपहरू, अस्पताल र स्वास्थ्य सुविधाहरूलाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री दाहालले चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरेका डाक्टरहरूले निजामती कर्मचारी अस्पतालमा राम्रो काम गरिरहेको बताए ।

‘म यस अस्पताल र स्तरोन्नति र पुनःनिर्माणको यो विशेष परियोजनामा सहयोग गरेकोमा जनवादी गणतन्त्र चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘हामीलाई प्राप्त सहयोग विकास पूर्वाधार निर्माण गर्न सम्पर्क सञ्जालको विस्तार तथा नेपाली नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्न एवं मानव संसाधनको विकास र जीविकोपार्जनलाई थप सहज बनाउन धेरै सहयोगी रहँदै आएको छ ।’

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकार सातवटै प्रदेशमा सुविधासम्पन्न अस्पताल निर्माणको तयारीमा रहेको बताए ।

उनले जनताको आधारभुत आवस्यकता र अधिकारमा सरकार गम्भिर रहेको बताउदै मन्त्री मोदीले स्वास्थ्य क्षेत्रको सर्वसुलभ सेवाको पहुँचमा आम नागरिकलाई पु¥याउन सरकारले योजना बनाइरहेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार