• शनिबार, साउन ९ २०८३

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ, दुइ मन्त्रीपनि नियुक्त


शुक्रबार, बैशाख १५ २०८०
950
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई हिजो मुख्यमन्त्री नियुक्त गरेका थिए ।

उनलाई आज शुक्रबार प्रदेश प्रमुख गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

पाण्डे कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सपथ लगत्तै मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा छन् ।

उनीहरुलाई प्रदेश प्रमुख प्रदेश प्रमुख पृथ्वीमान गुरुङले  पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय तोकिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार