काठमाडौं । डिल्लीबजारस्थित कारागारभित्र आज (आइतबार) बिहान झडप भएको छ।
कारागारमा चौकीदार रहेका गोकुल गिरी र अन्य कैदीबीच झडप भएको हो। त्यस क्रममा घाइते भएका एक कैदीलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
उधारोमा खान नदिएको विषयमा चौकीदार गिरीसँग विवाद हुँदा झडप भएको कारागार विभागका महानिर्देशक प्रदीपराज कँडेलले जानकारी दिए।
उनका अनुसार पहिले बाहिरबाट पैसा तथा खाना मगाएर खानेहरूले काेराेना महामारीका कारण अहिले भित्र लान नपाएपछि उधारोमा खानेकुरा दिन भन्दा विवाद भएको हो।