• आइतबार, साउन १० २०८३

निजी तथा सरकारी अस्पतालहरुले पार्किङ शुल्क असुल्न नपाउने


बिहिबार, बैशाख १४ २०८०
770
Shares

काठमाडौ । निजी तथा सरकारी अस्पतालहरुले सेवाग्राहीसंग पार्किङ शुल्क नअसुल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका उपसचिव एकदेव खनालले एक प्रेस विज्ञप्ती जारी गर्दै देशभरका निजी तथा सरकारी अस्पतालसहितका स्वास्थ्य संस्थाहरुले पार्किङ शुल्क नलिन आग्रह गरेका हुन् ।

केहि अस्पताल, मेडिकल कलेजहरुले सेवाग्राहीसंग पार्किङ शुल्क लिएको गुनासो आएकाले त्यस्तो कार्य तत्काल बन्द गर्न समेत मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

कुनैपनि स्वास्थ्य संस्थाले पार्किङ शुल्क लिए कानून बमोजिक कारबहाी गरिने खनालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार