गोरखा । गोरखा नगरपालिकाका वडा वडामा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको न्यायिक समितिले स्थानीय नागरिकलाई न्यायको पहुँचमा पु¥याउने उदेश्यले १४ वटै वडामा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
गत बैशाख १० गतेबाट सुरु भएको साक्षरता अभियान अहिले बिभिन्न वडामा सञ्चालन भइरहेको न्यायिक समितिकी संयोजक समेत रहेकी उपमेयर मसलीमाया थोकरले जानकारी दिइन् ।
‘कानून नबुझ्दा नागरिकले धेरै दुख र झण्झट ब्यहोर्नु परिरहेको यथार्थ हाम्रो समाजमा छ’ उपमेयर थोकरले भनिन् ‘त्यसैले उनिहरुको हकहित र अधिकार संरक्षणका निम्ती हामी नगरभरका नागरिकलाई न्याय र कानूनको पहुँचमा पु¥याउन चाहान्छौ ।’

उनका अनुसार हरेक वडा–वडामा हाल कानून र न्यायसंग सम्बन्धित अभिमुखिकरण कार्यक्रम सञ्चालन भइरहेको छ । वडामा अभिमुखिकरण कार्यक्रम सकिएपछि १४ वटै वडाबाट प्रतिनिधी तोकेर पुनः न्याय र कानूनी साक्षरता सम्बन्धि नगरस्तरिय कार्यशाला गोष्ठि आयोजना हुने कार्यक्रम उपमेयर थोकरले बताइन् ।

‘१४ वटै वडामा मेलमिलाप केन्द्र गठन गरेका छौं, मेलमिलाप कर्ता, मेलमिलाप पद्धति, अबधारणाका विषयमा स्थानिय सरोकारवालाहरु व्यक्तिहरुलाई कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरेका हौ,’ उनले भनिन् ‘वडाको कानुनी साक्षरता कार्यक्रम १७ गते भित्रमा सकेर नगरस्तरीय कार्यक्रमको तयारीमा लाग्छौ ।’

हालसम्म वडा न ५, ६, ९ र १० मा कार्यक्रम सम्पन्न भइसकेको कार्यक्रम संयोजक विमला वाग्लेले बताइन् । अभिमुखिकरण कार्यक्रममा न्यायको पहुँच, न्ययिक समितिको काम, कर्तब्य, अधिकार, कानूनी क्षेत्र, हिंशाका प्रकार र कानूनी अधिकार, अपराधका क्षेत्र, समाजका कुरीति, समस्या, जातिय भेदभावको अवस्था तिनका समाधान र न्यूनिकरणका उपाय लगायतका बिषयमा जानकारी गराइने संयोजक वाग्लेले बताइन् ।
साक्षरता कार्यक्रममा जिल्ला न्यायाधिबक्ता सुरेन्द्र काफ्ले, अधिवक्ता स्थानेश्वर दुवाडी लगायतले सहजीकरण गरेका छन् । कार्यक्रममा न्यायिक समितिका सदस्य, वडाका जनप्रतिनिधि, वडा भित्रका टोल सुधार समितिका प्रतिनिधी, बिभिन्न सघं संस्थामा आबद्ध व्यक्ति, स्थानीय लगायतको उपस्थिति रहने गरेको छ ।
