• सोमबार, साउन ११ २०८३

इदको विदा सोमबार हो, आइतबार होइन : गृह मन्त्रालय


शनिबार, जेष्ठ १० २०७७
1.4K
Shares

मुस्लिम समुदायको इद उल फित्रको अवसरमा सोमबार सरकारले सार्वजानिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको गत जेठ ९ गते बसेको बैठकले मुस्लिम समुदायको इद पर्वमा विदा दिने निर्णय गरेको हो ।

विदा दिने निर्णय गरे लगत्तै गृह मन्त्रालयले ११ गते आइतबार विदाको सुचना प्रकाशति गरेको थियो । तर इद सोमबार पर्ने भएकाले निर्णय सच्याउन मुस्लिम आयोगले सरकारलाई अनुराेध गरेकाे थियाे ।

त्यससंगै शनिबार राती मन्त्रालयले सूचना मार्फत निर्णय सच्याउदै सोमबार देशभर विदा दिने जनाएको छ ।
हेर्नुस सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार