• शनिबार, साउन ९ २०८३

राेजगारीका लागि यूएईमा गएका नेपालीलाई ७१ करोडकाे चिट्ठा


बुधबार, बैशाख १३ २०८०
1K
Shares

काठमाडौं । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई २ करोड यूएई दिराम (नेपाली रुपैयाँ ७१ करोड ७७ लाख ८२ हजार ४९६ ) को चिट्ठा परेको छ ।

विगत २३ वर्षदेखि यूएईमा सवारी चालकको काम गर्दै आएका पदम नाम गरेका नेपाली नागरिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो रकम प्राप्त गर्ने भएका हुन् ।

स्थानीय पत्रिका खालिज टाइम्सका अनुसार यूएईमा हरेक हप्ता हुँदै आएको ‘महजुज ड्र’ को १२४ औं संस्करणमा पदमले यो रकम जितेका हुन् ।

पदमले ५,१०,४१, ४६ र ४९ नम्बरमध्ये पाँच वटै मिलाएर यति ठूलो रकम जितेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार