• सोमबार, साउन १८ २०८३

फ्लाई दुबईको जहाजले काठमाडाैँमा गरेन ‘फोर्स ल्याण्ड’, गन्तब्यतर्फ अघि बढ्दै


सोमबार, बैशाख ११ २०८०
640
Shares

Flydubai Boeing 737 MAX 8 photographed on July 26, 2017 from Wolfe Air Aviation’s Learjet 25B. Photo: flydubai

इन्जिनमा समस्या देखिएर फोर्स ल्याण्डको तयारी गरेको फ्लाई दुबईको जहाज अन्तत: फोर्स ल्याण्ड नगरी गन्तब्यतर्फ नै लागेको छ । काठमाडौँ अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जहाज अहिले गन्तब्य तिर नै गईरहेको जानकारी दिए । 

उनले भने ‘ उड्ने वितिक्कै जहाजमा समस्या आयो भनेर केहीबेर काठमाडौंकै आकाशमा होल्ड भयो, आगो देखिएपछि होल्ड गरेर आफ्ना सबै प्यारामिटर चेक गरियो, चेक गर्दा एउटा इन्जिन ठिक छ भन्ने भएपछि  जहाज गन्तव्यतर्फ लाग्यो ‘। 

काठमाडौँबाट दुबईको लागि उडेको फ्लाई दुबईको FZ576 विमानको इन्जिनमा आगो देखिएको थियो । जहाज काठमाडौँबाट ९:१९ बजे उडेको थियो । आगो देखिएपछि सो जहाजले काठमाडौँ विमानस्थलमा नै आकष्मिक अवतरणको लागि कोषिस गरेको थियो ।   

तर अब भने जहाज गन्तब्य तिर नै हिडेको प्रवक्ता सिटौलाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार