काठमाडौँबाट दुबईको लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । काठमाडौँबाट दुबईको लागि उडेको उडेको फ्लाई दुबईको FZ576 विमानको इन्जिनमा आगलागी भएको हो ।
जहाज काठमाडौँबाट ९:१९ बजे उडेको थियो । अहिले सो जहाजले काठमाडौँ विमानस्थलमा नै आकष्मिक अवतरणको लागि कोषिस गरिरहेको छ । घटनाको थप विवरण आउँन बाँकि छ ।
साँढे ९ बजे उडेको इन्जिनमा समस्या देखिएको र आगलागी भएको देखिएपछि फोर्स ल्याण्डको तयारीमा रहेको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।