गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका ३ टारीफाँट स्थित नवज्योती माध्यमिक बिद्यालयको कम्प्युटर ल्याबमा आगलागी हुँदा ५० लाख भन्दा बढीको क्षति भएको छ।
सोमवार दिउसो करीब ११ ३० मा एक्कासि बिद्युत सर्ट भएर आगलागी हुदा ५० देखि ६० लाखको क्षति भएको वडा न ३ को वडाध्यक्ष ऋषीराम लामिछानेले दाबी गरे ।


उनका अनुसार आगलागीका कारण विद्यालयको करिब ३५ थान कम्प्युटर , १ थान एभिआर बोर्ड, ८ थान सोलर ब्याट्री, एक थान सिसि क्यामरा, १ थान इन्भर्टर, ३० थान कम्प्युटर टेबल, दुई थान पंखा, एक थान सोलार प्यानल, दुई थान प्रिन्टर, प्लास्टीकको चियर २५ थान कार्पेट, ३० थान कम्प्युटर चियर लगायत जलेर क्षती पुगेको जानकारी दिए ।
विद्यालय समयमा विद्यालयको कम्प्युटर कक्षमा विद्युत सर्ट भई आगो लागेको उनको भनाई छ ।
बिधालयमा पठनपाठन सञ्चालन भइरहेको बेला अकस्मात बिद्युत सर्ट भएर आगलागी भएपछि शिक्षक कर्मचारी स्थानिय अभिभावकहरूले करीब १२ बजेतिर आगो नियन्त्रणमा लिएको उनले बताए ।

