• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाहरूको सूची सार्वजनिक


सोमबार, बैशाख ११ २०८०
1K
Shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाहरूको नवीकरण गरिएको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको सूची अनुसार २१५ संस्थाले नवीकरण गरेका छन् । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको पौष मसान्तभित्र नवीकरण गर्नुपर्ने हुन्छ ।

सोही आधारमा यो वर्षका लागि २१५ स्वास्थ्य संस्थाले नवीकरण गरेका हुन् । त्यसरी नवीकरण गर्ने स्वास्थ्य संस्थाहरूमा सबैभन्दा बढी काठमाडौँ उपत्यकामा रहेका छन् । १७४ वटा स्वास्थ्य संस्था काठमाडौँ उपत्यकाभित्रका रहेका छन् । ती बाहेक सुनसरी, झापा, चितवन, नेपालगन्ज, धनुषा, दाङमा रहेका छन् ।

वैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेका स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुपर्ने कानुनी व्यवस्था छ । उनीहरूलाई हरेक वर्ष नवीकरण गराउँदै सोही आधारमा स्वास्थ्य परीक्षणको काम गराउँदै आएको छ ।

सुची हेर्न याे लिंकमा क्लिक गर्नुहाेस

https://drive.google.com/file/d/1lalN9KGWd_f0FWGALdSPjmHZX3QeJwHx/view

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार