• शनिबार, साउन ९ २०८३

२२ हजार पूर्वशिक्षकले किन पाएनन् पेन्सन ?


सोमबार, बैशाख ११ २०८०
1.3K
Shares

काठमाडौं । बजेट अपुगको कारण करिब २२ हजार  पूर्वशिक्षकले चैत महिनाको पेन्सन (निवृत्तिभरण) नपाएको खुलेको छ ।

निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए ।

सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब बढ्दा पेन्सन पनि बढ्ने भएकाले बजेट अपुग भएको प्रमुख खरेल बताउँछन् ।

उपत्यकाका तीन जिल्लाका साथै झापा, मोरङ, जनकपुर, भैरहवा लगायत १२ वटा जिल्लाका शिक्षकलाई पेन्सनको पैसा पठाउन बाँकी रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार