काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा प्रा.डा रत्नमणि गजुरेल नियुक्त भएका छन् ।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले आइतबार डा. गजुरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
प्रा.डा.उत्तमकृष्ण श्रेष्ठको चार वर्षे कार्यकाल शुक्रबार सकिएपछि उक्त पद रिक्त रहेको थियो ।