• शनिबार, साउन ९ २०८३

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त


शनिबार, बैशाख ९ २०८०
1.1K
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् ।

प्रदेश सभाको शनिबारको बैठकमा उनले विश्वासको मत पाऊँ भनी गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा २४ मत मात्र प्राप्त गरे । योसँगै एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार करिब एक सय दिनमै ढलेको छ ।

६० सदस्यीय प्रदेश सभामा मत विभाजन हुँदा २४ सांसदले मात्र उनलाई विश्वासको मत दिएका छन् । विपक्षमा ३५ मत खसेको छ । बहुमतका लागि ३१ मत आवश्यक पर्छ ।

अधिकारी सरकार ढलेसँगै अब प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार