काठमाडौँ । वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले राखेको एइपीए फिल्टरबाट बनेको जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले काठमाडौँ उपत्यकामा उच्च स्तरको प्रदूषणको कारणले मन्त्रालयको मूलद्धारमा राखिएको एक जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको बताए ।
विश्व स्वास्थ्य दिवसको अवसर पारी २०७९ चैत्र २४ (२०२३ अप्रिल ७) मा मन्त्रालयको मूल ढोकामा फोक्सो जडान गरिएको थियो । कृत्रिम फोक्सोको अवस्थाबाट वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ ।
हेर्नुस स्वास्थ्य मन्त्रालयकाे विज्ञप्ती
