• शुक्रबार, भाद्र १९ २०८३

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै कराेडाै ठग्ने खड्का र भण्डारी पक्राउ


बुधबार, बैशाख ६ २०८०
1K
Shares

काठमाडाैँ । अमेरिका लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।  पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्का रहेका छन्।

प्रहरीका अनुसार खड्काले सुनिला गुरुङ समेत २० जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा जानको लागि प्रतिव्यक्ति रु ३० लाख रुपैयाँ लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु, मासिक ४ लाखभन्दा बढी तलव हुन्छ भनी प्रलोभनमा पोका थिए। 

पीडितहरुबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको भनी वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले खड्काको खोजतलास गर्ने क्रममा मंगलबार राति २ बजे  रौतहटको चन्द्रपुर नगरपालिका–४ चपुरबाट पक्राउ गरेको हो। 

थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, पठाइएको प्रहरीले जनाएको छ।

यस्तै, पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने अर्का व्यक्तिलाई पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ पाखरटोल स्थायी घर भई हाल नयाँ बानेश्वर बस्ने वर्ष २३ को टिकाबहादुर भण्डारी रहेका छन्। 

भण्डारीले मिलन तामाङ समेत १० जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी उनीहरूबाट पटकपटक गरी जम्मा  १५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। 

उनलाई ताहाचालबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार