• शनिबार, साउन ९ २०८३

थप ३६ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो


शनिबार, जेष्ठ १० २०७७
800
Shares

नेपालमा थप ३६ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको बताए।

 जस अनुसार बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना, झापाको झापा गाउँपालिकाका १ जनामा रिपोर्ट पोजेटिभ देखिएको छ।

त्यसैगरी बाँके नरैनापुरका १७ देखि ३२ वर्षसम्मका ६ जना पुरुष, नरैनापुर-३ राष्ट्रिय प्राविमा गरिएको नमूना संकलनमा १५ जनाको रिपोर्ट पोजिटिभ आएको हो। उनीहरु १६ देखि ३२ वर्षका पुरुष छन।

नरैनापुर-१ बाँकेकै राष्ट्रिय प्राविमै गरिएको नमूना संकलनमा ६ जनामा पोजिटिभ देखिएका छन्। उनीहरु २२ देखि ५० वर्षका छन।

यस्तै बर्दियाको बढैया तालका १९ वर्षीय पुरुष र सुर्खेतका दुई पुरुष र १ महिलाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार