• आइतबार, साउन १० २०८३

राष्ट्रपति पौडेलको स्वास्थ्यमा पुनः समस्या, परीक्षणका लागि शिक्षण अस्पतालमा


सोमबार, बैशाख ४ २०८०
770
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका छन् । छातीको तल्लो भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका हुन् । 

पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको उनका पौडेलका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए । डा. बमका अनुसार राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागमा थोरै पानी देखिएको छ।

सङ्क्रमणको कारण थाहा पाउन परीक्षणका लागि पठाइएको उनको भनाइ छ । १८ चैतमा पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार