• शनिबार, साउन ९ २०८३

टिच फर नेपालले मनायो दशौं वार्षिकोत्सव 


सोमबार, बैशाख ४ २०८०
870
Shares

सामुदायिक विद्यालयहरूमा पठन पाठनको गुणस्तर सुधार्न काम गरिरहेको संस्था, टिच फर नेपालले आफ्नो दशौं वार्षिकोत्सव मनाएको छ। 

आइतबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा टिच फर नेपाल आवद्ध सामुदायिक विद्यालयका विद्यार्थीहरूले गीत, नृत्य तथा आफुहरूले सम्पन्न गरेका विभिन्न परियोजनाहरूबारे जानकारी दिएका थिए। 

टिच फर नेपालले कम्तीमा स्नातक उत्तीर्ण गरेका युवाहरूलाई सघन तालिम दिइ विभिन्न जिल्लाहरूमा गणित, विज्ञान तथा अंग्रेजी विषयको शिक्षकको रुपमा पठाउने गरेको छ।  

उनीहरूले कम्तीमा दुइ वर्ष अध्यापन गर्दा ती विषयमा विद्यार्थीहरूको शैक्षिक स्तरमा उल्लेख्य सुधार आएको टिच फर नेपालकी सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले बताइन्। उनले सामुदायिक विद्यालयहरूको पठनपाठनमा सुधार मात्रै हैन, समाज रुपान्तरणको नेतृत्व गर्न सक्ने भावी पुस्ता तयार गर्न पनि आफूहरूले काम गरिरहेको बताइन्।  

उनले आउँदो दश वर्षमा १०० सामुदायिक विद्यालयमा ३०० जना फेलो (स्वयम्सेवी शिक्षक) हरू पठाएर कम्तीमा २५,००० बालबालिकाको पठनपाठनमा सघाउने टिच फर नेपालले लक्ष्य राखेको पनि जानकारी दिइन्।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार