• शनिबार, साउन ९ २०८३

रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेर सवारी चालक गम्भीर घाइते


सोमबार, बैशाख ४ २०८०
1.3K
Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवनस्थित निवास (भाडाको घर)को छतबाट ‘खसेर’ उनका सवारी चालक गम्भीर घाइते भएका छन्। 

आइतबार राति करिब १२ बजेतिर खाना खाएर सुतेका गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा सोमबार बिहान करिब ३:५४ बजेतिर घरको छतबाट खसेका थिए। 

भरतपुर महानगरपालिका–११ स्थित साढे २ तले घर लामिछानेले निजी आवासका रुपमा भाडामा लिएका छन्। आइतबार तनहुँको चुनावी कार्यक्रम सकेर रास्वपा सभापति लामिछाने, महामन्त्री मुकुल ढकाल र लामिछानेका सहयोगी तथा रास्वपा नेता दीपक बोहरा उक्त निवासमा बसेका थिए। 

लामिछाने घरको भूइँ तलमा सुतेका थिए भने महामन्त्री ढकाल र बोहरा पहिलो तलामा सुतेका थिए। लामिछानेका सवारी चालक थापा र महामन्त्री ढकालका सवारी चालक दोस्रो तलामा सँगै सुतेका थिए। 

सोमबार बिहान ३:४५ बजेतिर लामिछानेको घर अगाडि सुरक्षाका लागि ड्यूटीमा रहेका प्रहरीले लामिछानेका सवारी चालक थापा छतबाट खसेको थाहा पाएका थिए। प्रहरीले तत्काल उद्धार गरी थापालाई उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज पुर्‍याएका थिए। 

गोडामा र टाउकोमा चोट लागेका थापाकाे  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार