• सोमबार, साउन ११ २०८३

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि


आइतबार, बैशाख ३ २०८०
880
Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै संस्थागत आइसाेलेसनमा ३७, आईसीयुमा ११ जना रहेका छन् ।  

पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार