नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन्।
सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई नाम बुझाइसकेका छन्।
भोलि ३ बजे शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने छन्। साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्।
कांग्रेसले बाँकी मन्त्रीको नाम भने पछि पठाउने ती पदाधिकारी बताए।