• शनिबार, साउन ९ २०८३

प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गरिने


शनिबार, बैशाख २ २०८०
1.2K
Shares

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गएराति पार्टीको प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गरी विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकेमा लाखौँ प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट वञ्चित हुनु नपर्ने बताएका हुन् ।

उनले वैदेशिक रोजगारीको सुधारको लागि सरकारले धेरै काम गरिसकेको र अझै थप काम गर्दै जाने पनि बताए । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिति ११ महिनालाई धान्न सक्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत रहेको उनको भनाइ छ ।

पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर घट्ने क्रम सुरु भएको पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार