• शनिबार, साउन ३० २०८३

विश्व अपडेट : मृतक ३ लाख ४० हजार, संक्रमित ५४ लाख पुगे


शनिबार, जेष्ठ १० २०७७
1000
Shares

विश्वभर कोरोना संक्रमणको दर झन्झन् बढ्दै गएको छ।

विश्वभर अहिलेसम्म संक्रमितको संख्या ५३ लाख ९८ हजार ३६ पुगेको छ। संक्रमितमध्ये ३ लाख ३९ हजार ४ सय १३ को मृत्यु भएको छ। संक्रमित २१ लाख ५० हजार भन्दा धेरै उपचारपछि निको भएका छन्।

शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धरै कोरोना संक्रमित थपिएका छन्।

गएको २४ घन्टामा विश्वभर एक लाख सात हजार ५ सय ४५ जना नयाँ संक्रमित थपिएका वल्र्डओमिटरले जनाएको छ। यो शनिबार बिहान पौने ६ बजेसम्मको तथ्यांक हो।

यो एकै दिन पुष्टिभएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो। बिहीबार विश्वभर एक लाख ५ हजार ६ सय २९ जना नयाँ संक्रमित फेला परेका  थिए।

शुक्रबार एकै दिन विश्वभर ५ हजार २ सय ४० जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार