• शनिबार, साउन ९ २०८३

म्यानपावर व्यवसायीले भेटे अर्थमन्त्री, सेवा शुल्क लगायतका बाध्यकारी नियम हटाउन माग


बिहिबार, चैत्र ३० २०७९
1.5K
Shares

काठमाडौँ । म्यानपावर व्यवसायीको टोलीले अर्थमन्त्री डा प्रकाशशरण महतसंग भेटवार्ता गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ नेतृत्वको टोलीले अर्थमन्त्री डा महतसंग भेटिर बैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रकृया सहज र सरल बनाउन माग गरेको हो ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीसहितको टोलीले अर्थमन्त्री महत समक्ष बैदेशिक रोजगारीमा श्रमिक पठाउदा सरकारले सेवा शुल्क तोकेपनि कार्यान्वयन हुन नसकेको र ब्यवहारिक समेत नभएकाले सो ब्यवस्था हटाइदिन माग गरेको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

सरकारले केहि बर्षअघि नै बैदेशिक रोजगारीमा फ्रि भिसा फ्रि टिकको ब्यवस्था गर्दै म्यानपावरले रु १० हजार मात्र सेवा शुल्क लिन पाउने ब्यवस्था गरेको थियो । तर सो नीति कार्यान्वयन गर्न सरकार असफल भएको स्वयम श्रम मन्त्रालयका अधिकारीहरुले बताउने गरेका छन् ।

ब्यवसायीले भने श्रमिकले विदेशमा गएर पाउने पहिलो तलब बराबरलाई सेवा शुल्कधका रुपमा निर्धारण गरी लिन पाउने ब्यवस्था गरिदिन माग गर्दै आएका छन् ।

त्यस्तै बार्षिक एक सय जना कामदार पठाउनै पर्ने बाध्यकारी नियम हटाउन समेत संघले अर्थमन्त्री महतसंग आग्रह गरेको छ ।

भेटवार्ताका क्रममा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रकयामा संघलाई पनि सहभागी गराउन माग ब्यवसायीले माग गरेका थिए ।

अर्थमन्त्री महतले संघले राखेको मागमा आफु सकरात्मक रहेको बताएका थिए । बैदेशिक रोजगारीका क्रममा देखिएका समस्या र चुनौतीलाई समाधान गर्न आफु प्रतिवद्ध रहेको बताउदै अर्थमन्त्री महतले छिट्टै सरकारले माग सम्बोधनका लागि आवस्यक प्रकृया थाल्ने आश्वास दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार