• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारीका प्रकृयामा हुने ठगी नियन्त्रणका लागि विभागमा बन्यो तीन वटा समिती


बिहिबार, चैत्र ३० २०७९
905
Shares

काठमाण्डौ । ठगी नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउन भन्दै वैदेशिक रोजगार विभागले छुट्टा छुट्टै तीन वटा अनुगमन समिति गठन गरेको छ ।

विभागले गर्दै आएको अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकहरूको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारीहरू सदस्य रहने गरी अलग अलग तीन वटा अनुगमन समिति बनाइएको विभागले जनाएको छ ।

यो अनुगमन समितिले म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायक लगायत वैदेशिक रोजगारको प्रक्रियासँग प्रत्यक्ष जोडिएका निकायहरूको अनुगमन गर्ने छ ।

विभागबाट खटिएको टोलीलाई आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध गराई अनुगमन कार्यलाई सहयोग पुर्‍याउने विभागले अनुरोध पनि गरेको छ । अब हुने अनुगमन भने नतिजामुखी हुने विभागले बताएको छ ।

पछिल्लो समय विभागको अनुगमन कमजोर हुँदा विभिन्न बहानामा वैदेशिक रोजगार ठगी बढिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार