• शनिबार, साउन ९ २०८३

स्थानीय तहले तोकेको सीमा बाहिर गएर शुल्क नबढाउन बोर्डिङलाई निर्देशन


बुधबार, चैत्र २९ २०७९
2K
Shares

काठमाडौं । स्थानीय तहले तोकेको सीमा बाहिर गएर शुल्क नबढाउन बोर्डिङलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले बार्डिङलाई जथाभावी शुल्क नबढाउन निर्देशन दिएको हो ।

शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा मात्र लिन मन्त्रालयले निर्देशन दिएको हो ।

निजी विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढंगले सबै अभिभावकहरुलाई जानकारी गराउनुपर्ने र अभिभावकहरुले शुल्कको विषयमा प्रश्न र गुनासो पनि राख्न सक्ने मनलयले बताएको छ ।

मन्त्रालयले शैक्षिक सत्र २०८० मा सुरु हुने विद्यार्थी भर्ना अभियानसँगै निजी लगानीका विद्यालयले लिने शुल्क, सार्वजनिक विद्यालयको भर्नासँग सम्बन्धित विषय तथा विद्यालयहरुमा पाठ्यपुस्तकको उपलब्धता र विक्री वितरणका विषयमा जिल्ला तहमा सहजीकरण गर्न जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार