• आइतबार, साउन ३१ २०८३

सातै प्रदेशमा स्वास्थ्य अनुसन्धान केन्द्रको जरुरी


मंगलबार, चैत्र २८ २०७९
760
Shares

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरुरी रहेको बताएको छ।

आज मंगलबारबाट काठमाण्डौमा सुरु भएको वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सतिव डा रोशन पोखरेलले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा विस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताएका हुन्।

अनुसन्धानका शाखाहरु प्रादेशिक रुपमा अघि बढाउने विषयमा मन्त्रालयमा गहन छलफल भइरहेको उनले बताए । देशमा नसर्ने रोगहरुको पनि अनुसन्धान हुन जरुरी रहेको उनको भनाई थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार