• शनिबार, भाद्र २० २०८३

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन आजबाट सुरु


मंगलबार, चैत्र २८ २०७९
670
Shares

काठमाडौं । आजबाट स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंमा सुरु हुने भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आज मंगलबारबाट ‘स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलन हुन लागेको हो।

नेपालका विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ताहरु, जनसंख्याविद्हरु तथा नीति निर्माणकर्ताहरुलाई संम्लग्न गराई तथ्यमा आधारित नीति निर्माण गर्न बहस चलाउने सम्मेलनको उद्देश्य रहेको बताइएको छ ।

सम्मेलनमा विभिन्न ७ विधाका १३७ वटा मौखिक प्रस्तुतिकरण र ६४ वटा पोष्टर प्रस्तुतिकरण हुँदैछन्।

सम्मेलनमा प्रस्तुत भएका उतकृष्ट मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरु मध्येबाट एक-एक जनालाई अवार्ड प्रदान गरिनेछ।

सम्मेलन भोली सकिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार