काठमाडौँ । भरतपुर अस्पतालले नै नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ । चितवनमा रहेको सो अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर दुरुपयोग गरेर नक्कली कोरोना परिक्षणको पिसिआर रिपोर्ट बनाएको पाइएको हो ।
अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा कोभिड १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ ।
तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
नक्कली रिपोर्ट बनाउनेहरुको बारेमा अनुसन्धान अगाडि बढाइएको पनि उनले जानकारी दिए ।
