• शनिबार, साउन ९ २०८३

गोरखा नगरपालिकाको क्वारेन्टिनमा रहेका २९ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’


शुक्रबार, जेष्ठ ९ २०७७
1.2K
Shares

गोरखा । गोरखा नगरपालिकाले मास क्वारेन्टिनमा राखेका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

विगत एक हप्ताअघिदेखि बिभिन्न समयमा बाहिरी जिल्लाबाट अनाधिकृत रुपमा प्रवेश गरेका २९ जनालाई गोरखा नगरपालिकाले मास क्वारेन्टिनमा राखेको थियो ।

जिल्ला भित्रिएका उनिहरुबाट कोरोना जोखिम हुन सक्ने भन्दै क्वारेन्टिनमा राखेर पिसिआर परिक्षण गर्दा २९ जनाकै रिपोर्ट नेगेटिभ आएको नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।

उनिहरुलाई वडा नम्बर १० स्थित मनकामना बहिरा आवासिय विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको थियो ।

नेगेटिभ रिपोर्ट आएपनि उनिहरुलाई १४ दिन नै क्वारेन्टिनमा राखेर घर पठाइने नगरप्रमुख पन्तले बताए । घर गएपछि पनि उनिहरु एक हप्ता अनिवार्य हाेम क्वारेन्टिनमा बस्नुपर्ने छ ।

गोरखा नगरपालिकाले जिल्ला भित्रने मुख्य नाका मझुवा देउरालीमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसंगै आफ्ना कर्मचारी समेत परिचालन गरेर चेकजाँच र स्वास्थ्य परिक्षणमा कडाई गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार