• सोमबार, साउन ११ २०८३

फेरी उकालाे लाग्याे काेराेनाकाे ग्राफ, एकैदिन सयबढी संक्रमित


सोमबार, चैत्र २७ २०७९
875
Shares

काठमाडौं। काेराेना भाइरसकाे संक्रमणकाे ग्राफ फेरी उकालाे लागेकाे छ । पछिल्लाे केहिदिनयता हरेक दिन जसाे संक्रमणकाे दर बढ्नुले यसकाे जाेखिम नेपालमा बढ्दै गएकाे देखिन्छ ।

आज एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जना उपचाररत र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सोमबार २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको  पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार