गोरखा । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) गोरखाको अध्यक्षमा मेलिना बराम चयन भएकी छिन् । साेमबार सदरमुकाममा भएकाे आदिवासी जनजाती निकट पत्रकारहरुकाे भेलाले बरामलाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे ।
त्यस्तै महासंघकाे उपाध्यक्षमा सुदीप श्रेष्ठ निर्विराेध चयन भएका छन् । अध्यक्ष चयन भएकी बराम र उपाध्यक्ष श्रेष्ठ दुवैले सिभिलखबर डटकम मार्फत केहि बर्षअघिदेखि पत्रकारिता सुरु गरेका थिए ।
त्यस्तै भेलाले सचिवमा केशव गुरुङ र कोषाध्यक्षमा मनोज श्रेष्ठलाई चयन गरेकाे छ । फोनिजकाे कार्य समिति सदस्यहरुमा भने संगिता चेपाङ, विवर गुरुङ र लक्ष्मी श्रेष्ठ चयन भएकाे बताइएकाे छ ।