• शनिबार, साउन ९ २०८३

अब एनओसीका लागि सानोठिमी धाउन पर्दैन, अनलाइनबाटै काम तमाम !


सोमबार, चैत्र २७ २०७९
1.1K
Shares

काठमाडौँ । विदेश पढ्न जान आवश्यक वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी)का लागि अब सानोठिमी धाउनु नपर्ने भएको छ ।

एनसोसी सम्बन्धी नयाँ निर्देशिका जारी भएसँगै अनलाइनबाटै सबै सुबिधा दिने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी सुरु गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार आवेदन दिन, शुःल्क बुझाउन र अनुमतिपत्र लिन कार्यालय जानु नपने गरी तयारी सुरु छ ।

यसअघि एनओसी लिनका लागि आवेदन र शुःल्क अनलाइनबाट बुझाउन मिले पनि अन्तिम अनुमतिपत्र लिन भने सानोठिमीमा रहेको एनओसी शाखा नै धाउनुपर्ने बाध्यता थियो ।

अब यो बाध्यतालाई हटाउदै अनुमतिपत्र समेत विद्यार्थीले अनलाइनबाटै प्रिन्ट गर्न सक्ने गरी ब्यवस्था मिलाउन लागिएको शाखा प्रमुख वस्तीले बताए ।

त्यसका लागि राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्र बैंक, अध्यागमन विभाग र विश्वविद्यालयबीच अनलाइन नेटवर्किङको प्रक्रिया सुरु भएको छ ।

एनओसीमा कडाइ

यसैबीच, स्नातक र सो भन्दा माथि अध्ययनका लागि मात्रै एनओसी दिने गरी निर्देशिका जारी गरिएको छ । विदेश पढ्न जानेको संख्या बर्सेनी बढ्दै जाँदा अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटहीलगायत प्रक्रियामा कडाइ गरिएको हो ।

पछिल्लो वर्ष भाषा, तालिम र डिप्लोमा कोर्स गर्न पनि एनओसी लिएर विदेशिनेको संख्या बढ्दै गएको तथ्यांक छ । गत वर्ष १ लाखभन्दा बढीले एनओसी लिएका थिए । जसमा ३० प्रतिशतभन्दा बढी यस्ता कोर्सका लागि बाहिरिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार