• सोमबार, साउन ११ २०८३

सन्दीप लामिछाने प्रकरण : डाक्टर फेरेर बकपत्र


आइतबार, चैत्र २६ २०७९
1.4K
Shares

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बालिका करणीको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टर फेरेर बकपत्र गरेको पाइएको छ । उनलाई राखेर अर्का डाक्टरलाई बकपत्र गराएको पाइएको हो ।
यो कुरा चाल पाएपछि न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’ भनी आदेश गरेको छ ।

प्राप्त जानकारी अनुसार स्वास्थ्य परीक्षण गर्ने चिकित्सक भने बिदामा रहेको छन् ।

सर्वोच्च अदालतबाट सन्दीपलाई ‘विदेशमा समेत क्रिकेट खेल्न जान दिनू’ भन्ने आदेश भएपछि जिल्ला अदालतले दुईवटा सुनुवाइ गरेको छ । पहिलो सुनुवाइमा जिल्ला अदालतले पीडितलाई अन्तरिम क्षतिपूर्ति दिन अस्वीकार गरेको थियो ।

पूर्ण सुनुवाइका लागि पेशी तोकिएकोमा गत साता पालो नआएको र आज आइतबार दुई जनाको बकपत्र छुटेको भेटिएकाले बगपत्र गराउन आदेश दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार