• शनिबार, साउन ९ २०८३

बिदेशमा मृत्यु हुँदा प्राप्त हुने बिमा रकममा ठगि गर्ने गिरोहमा सुर्यज्योति लाइफका कर्मचारीपनि संलग्न


आइतबार, चैत्र २६ २०७९
875
Shares

काठमाडौँ । बैदेशिक रोजगारको शिलशिलामा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बिमा बापतको रकममा ठगि गर्ने गिरोहमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा (कम्प्युटर अधिकृत) पशुपति अधिकारि र सुर्यज्योति लाइफ बीमा कंम्पनीका जुनियर अधिकृत उमेश बुढाथोकी रहेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभवनले जनाएको छ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभवनका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीकाअनुसार पक्राउ परेका यी दुई जना सहितको गिरोहले बैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले मृत्यु भएका तथा विदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमा बापत पाउने रकम मृतकका आफन्तलाई दिलाई दिन्छु भनी बीमा प्राप्त हुने रकमको केहि रकम मात्र आफन्तलाई दिई बाँकी रकम आफैं लिई ठगि गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो।

यस ठगि अपराधमा संलग्न गिरोहको निगरानी राखी खोजतलास गर्ने क्रममा २०७९ चैत २३ गते दिउँसो जिल्ला काठमाण्डौ गोंगबुबाट राम बहादुर तामांग सहित ६ जना व्यक्तिलाई बिभिन्न मृतक व्यक्तिको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण अन्य बिभिन्न कागजात समेत फेला परेको छ।

ठगि सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएकोमा थप व्यक्तिहरुको खोजतलास गर्ने क्रममा पशुपति अधिकारि र उमेश बुढाथोकीलाई पक्राउ गरि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार