काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको कुराकानीको अडियो बाहिरिएसँगै नेपालमा नेता र बव्यवसायीबीचको हुने सेटिङको पर्दा उघारिएको छ ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड ५० लाख मागेको अडियो बाहिरिएपछि ‘सेटिङ’को फर्दाफास भएको हो ।
पार्टीलाई साँढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेको अडियोमा सुन्न सकिन्छ ।
कुराकानीमा श्रेष्ठले भनेका छन् ‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि, साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’
व्यवसायी प्रसाईंको यो पैसा पार्टी सभापति रवि लामिछानेलाई जान्छ कि जाँदैन भन्ने प्रश्नमा सांसद श्रेष्ठले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिर दुई–तीन जना साथीहरू हुनुहुन्छ । पार्टीलाई जान्छ भनेका छन् । जान्छ कि जान्न भन्ने पनि मलाई थाहा छैन ।’
फोन वार्तामा दुर्गा प्रसाईंले मन्त्री बनेपछि आफूलाई सहयोग गर्नुपर्ने र आफ्नो काम गरिदिनुपर्ने सर्त सांसद श्रेष्ठसँग राखेको सुनिन्छ । सांसद श्रेष्ठले ‘सबै काम मिलेर नै गर्ने हो’ भन्दै प्रसाईंलाई आश्वस्थसमेत पारेका अडियोमा सुनिन्छ ।
फेरि मेढिकल बव्यवसायी प्रर्सांले भनेका छन् ‘यो दुई करोडको ग्यारेन्टी मैले गरिदिन्छु, तपाइँ पीर नगर्नुस्, तपाइँले दुई करोड पाउनुहुन्छ’
यसअघि सञ्चारमन्त्री रहेका बेला उमाले नेता गोकुल बास्कोटाले यस्तै प्रकृतिले एक जना व्यवसायीसँग यसैगरी ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।