• शनिबार, साउन ९ २०८३

अब बोर्डिङले पोशाक र किताब बेच्न नपाउने


आइतबार, चैत्र २६ २०७९
975
Shares

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले विद्यालयबाट नै पाठ्यपुस्तक तथा पोशाक खरिद गर्न बाध्य नपार्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागले संस्थागत विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ( संशोधन सहित ) मा व्यवस्था भए अनुसार विद्यालयहरू आफैँले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरूलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरूलाई बाध्य नगराउने भन्ने व्यवस्था स्मरण गराएको हो । 

यति हुँदाहुँदै पनि कतिपय विद्यालयहरूले विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको गुनासो बारम्बार आउने गरेको भन्दै सम्बन्धित सबै विद्यालयहरुले अनिवार्य रूपमा निर्देशिका बमोजिम गर्न गराउनु हुन परिपत्र गरेको हो ।

नियम उल्लघन भए गरेको पाइए कानुन बमोजिम आवश्यक कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार